लिगलिगकोटमा दौड प्रतियोगिता गर्ने सेनाको तयारी

Newslaya Home

लिगलिगकोटमा दौड प्रतियोगिता गर्ने सेनाको तयारी

सोमबार २३, मङि्सर २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि लिगलिकोटमा दौड प्रतियोगिता गरिने भएको छ ।

सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर भ्रमण वर्षको अवसरमा लिगलिगकोट दौडको आयोजना गरिने नेपाली सेनाले जानकारी दिएको हो ।

संयुक्त राष्ट्र संघका महासचिव वा उपमहासचिवको सहभागितामा हुने पिस सेमिनार र रन फर फन दौडमा अन्य छिमेकी देशका सेनाहरु पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।

भ्रमण वर्षलाई सफल बनाउन सेनाले सार्वजनिक गरेको एक वर्षे कार्यक्रममा सगरमाथा आरोहण र सरसफाइ, प्यारागलाइडिङ, नेपाल म्याराथुन, जंगल सफारी र माउन्टेन ट्रेकिङ, पिस सेमिनार र रन फर फन, युनिफिकेसन ट्रैल ट्रेकिङ, ओपन एडभेन्चर स्पोर्टर्स कम्पिटिसन लगायतका कार्यक्रम समावेश गरिएको छ ।

प्राचीन कालमा गोरखाको लिगलिगमा १३.८ किलोमिटर दौडमा प्रथम भएपछि गोराखा राज्यको राजा हुने प्रचलन थियो । द्रव्य शाहले लिगलिगकोटको दौड जितेर गोराखाको राजाभएपछि यो दौड चर्चामा रहँदै आएको हो ।
लिगलिगकोटमा अहिले पनि हरेक वर्ष दौडको आयोजन गरि विजेतालाई प्रतीकात्मक रुपमा श्रीपेच लगाएर सम्मान गर्ने प्रचलन रहेको छ ।