विवाहमा साढे दुई किलो प्याज उपहारस्वरुप दिइयो

Newslaya Home

विवाहमा साढे दुई किलो प्याज उपहारस्वरुप दिइयो

सोमबार २३, मङि्सर २०७६

एजेन्सी । भारतको तिमलनाडुको कुड्डालोरमा एक जोडीलाई विवाहको उपहारस्वरुप प्याज दिइएको छ ।

नवविवाहित शाहुल र सबरिनाको विवाहमा शाहुलका साथी जी. चेतनसहित ६ साथीले साढे दुई किलो प्याज उपहारस्वरुप दिएका हुन् ।

दुलहा र उनका परिवारले विवाहमा बिरयानीसँग प्याज हालिएको रायता सर्भ गर्न चाहन्थे तर यसको मूल्य धेरै भएका कारण यस्तो गर्न सकेनन् ।
प्याज नपाएका दुलहाका परिवारले काँक्रोको रायता बनाउने निर्णय गरेपछि आफूहरुले प्याज उपहारस्वरुप प्रदान गरेको चेतनले बताए ।

पाँचसय भारुमा खरिद गरि उपहार दिइएको साढे दुई किलो प्याजको अत्यधिक चर्चा भएको छ । रिसेप्सनको क्रममा प्याज उपहार दिएको देखेर आफू अचम्मित भएको दुलहा शाहुलले बताए ।