बोक्साको आरोपमा वडाध्यक्षलाई मलमुत्र खुवाउने प्रयास

Newslaya Home

बोक्साको आरोपमा वडाध्यक्षलाई मलमुत्र खुवाउने प्रयास

सोमबार २३, मङि्सर २०७६

चितवन । बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट भएको छ । इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई बोक्साको आरोपमा कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयास समेत भएको हो।

वडाध्यक्ष प्रजामाथि शनिबार साँझ स्थानीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् । जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ ।