आमाको किरिया बसेकी १६ वर्षिया सनम जब भावुक बनिन् (भिडियोसहित)

Newslaya Home

आमाको किरिया बसेकी १६ वर्षिया सनम जब भावुक बनिन् (भिडियोसहित)

आइतबार २२, मङि्सर २०७६

इटहरी । सुनसरीको इटहरी–१३ स्थित दुई बालिका आमाको मृत्युपछि किरिया बसेका छन् ।

पसल गरेर सामान्य जिविकोपार्जन गर्दै आएकी राधा आचार्यको मृत्युपछि उनीहरुकी दुई छोरीहरु १६ वर्षीया सनम आचार्य ११ वर्षीया स्वेच्छा किरिया बसेका हुन् ।

लामो समयदेखि बाथ रोगसँग जुध्दै आएकी राधाको घरमा ग्रहशान्तिको पुजा भएकै दिन मृत्यु भएको थियो । किरिया बस्ने कोही आफन्त नआएपछि छोरीहरुलाई नै किरिया बस्न लगाइएको सनमकी ठूलीआमा शोभा कट्वालले बताइन् ।

सुरुमा त छोरीले पिण्ड दिन नहुने भन्दै पण्डितहरुले पुजा समेत गर्न मानेका थिएनन् । पछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले घरमै पुगेर सहजिकरण गरिदिएपछि एक जना पण्डितले किरिया गराउन थालेका थिए ।

बुवाले छाडेर गएपछि एक्ली आमाको पालन पोषणमा हुर्किँदै गरेका दुई बालिका अविभावकविहिन बनेका छन् । किरिया खर्चका लागि गाउँलेहरुको सहयोग पाइरहेका उनीहरुलाई इटहरी उपमहानगरपालिकाले समेत किरिया खर्च उपलब्ध गराउने भएको छ ।

किरियामा बसेकी छोरी सनम भिडियो अन्तर्वार्ता लिदा लिदै भावुक बन्न पुगिन् । आफन्त नआइपुगेपछि उनी आफै आमाको किरिया बसेको बारे कुरा गरिरहदा उनले आफूलाई समहाल्नै सकिन्न् ।

हेरौं उनको भिडियो अन्तर्वार्ता