बंगलादेशलाई हराउँदै पुरुष फुटबलको फाइनलमा नेपाल

Newslaya Home

बंगलादेशलाई हराउँदै पुरुष फुटबलको फाइनलमा नेपाल

आइतबार २२, मङि्सर २०७६

काठमाडौं । नेपालको पुरुष फुटबल टिम १३ औं सागको फाइनलमा पुगेको छ ।

राउन्ड रोविन लिगको अन्तिम खेलमा दशरथ रंगशालामा भएको खेलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल १० अंकसहित फाइनलमा पुगेको हो ।

खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनील बलले गोल गर्दै नेपाललाई जिताएका हुन् ।

खेलको अन्तिम समयमा भने बंगलादेशका कप्तान जमल भुइया आक्रामक बन्दै नेपाली खेलाडीलाई मुक्का हान्न पुगेपछि रेफ्रीले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड देखाउन पुगेका थिए ।

हारले बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा रहँदै कास्यपदकमै समेटिएको छ । भुटान ९ अंकसहित दोस्रो हुँदै पहिलो पटक फाइनलमा पुगेको छ ।

पाँच टोली सहभागी भएको फुटबलका खेलहरु राउण्ड रोबिन लिगको आधारमा भएको खेलमा भुटानले नेपालसंग ४–० को हार बेहोरेको थियो ।