प्रहरीले नियन्त्रणमा लिएका जनता क्याम्पसका विद्यार्थीहरु रिहा

Newslaya Home

प्रहरीले नियन्त्रणमा लिएका जनता क्याम्पसका विद्यार्थीहरु रिहा

आइतबार २२, मङि्सर २०७६

इटहरी । प्रहरीले नियन्त्रणमा लिएका जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरु रिहा भएका छन् । आइतबार दिउँसो पक्राउ परेका विद्यार्थी संगठनका नेताहरु किरण विष्ट, प्रविण दाहाल, सहदेव काफ्ले संगीत सन्तोषलगायतलाई प्रहरीले रिहा गरेको हो ।

प्रहरीले क्याम्पसको जग्गामा विद्यार्थीको पठनपाठनलाई प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गर्न दिएको भन्दै विरोध जनाएका उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

जनता क्याम्पसको मैदानमा सञ्चालन भएको क्रिश्चियनहरुको कार्यक्रमले विद्यार्थीको पठन पाठनमा अवरोध गरेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका थिए । उक्त कार्यक्रमको आयोजकसँग सोमबार वार्ता बस्ने सहमतिपछि उनीहरुलाई प्रहरीले रिहा गरेको हो ।

विद्यार्थी सङ्गठनहरूको छलफलविना गरिएका निर्णयबाट उत्पन्न परिस्थितिको क्याम्पसले नै जिम्मेवारी लिनु पर्ने भन्दै चेतावनी दिएका विद्यार्थीहरुले उक्त कार्यक्रमस्थलमा गएर विरोध जनाएका थिए ।

सोही क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

विद्यार्थीको पढाई विथोल्ने कार्यक्रम गरेको भन्दै विरोध गर्ने विद्यार्थी नेताहरु प्रहरी नियन्त्रणमा