उत्तरपुस्तिकामा नम्बर फेरबदल गर्ने दाहालविरुद्ध मुद्दा

Newslaya Home

उत्तरपुस्तिकामा नम्बर फेरबदल गर्ने दाहालविरुद्ध मुद्दा

आइतबार २२, मङि्सर २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीसँग पैसा लिएर उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल, साटासाट गरेको अभियोगमा त्रिभुवन विश्वविद्यालयका लेखापाल कमलप्रसाद दाहालविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अंक फेरबदल गरेको उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर लेख्न लगाई गैर जिम्मेवार पूर्ण कार्य गरेको अभियोगमा आयोगले मुद्दा दर्ता गरेको हो ।

उनले त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक पदमा कार्यरत तेजनारायण चौधरी, सोही क्याम्पसका परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग मिलेमतो गरी अंक थपघट गरेका थिए ।