सलमानको ‘दबंग ३’ रिलिज अगावै विवादमा

Newslaya Home

सलमानको ‘दबंग ३’ रिलिज अगावै विवादमा

आइतबार २२, मङि्सर २०७६

काठमाडौं । बलिउड सुपरस्टार सलमान खान स्टारर चलचित्र ‘दबंग ३’ रिलिज अघि नै विवादित बन्दै गएको छ ।

यसअघि चलचित्रको नामसँगै साधु महात्मा देखाइएका बारेमा विवाद हुँदै आएको थियो । पछिल्लो समय आएर सम्पूर्ण चलचित्र नै बहिष्कार गर्ने घोषणा गरेका छन् । सनातन हिन्दुवादी संस्थाले चलचित्रको बहिष्कार गर्ने बताएका हुन् । यो संस्थाभित्र अन्य धेरै संघ–संस्थाहरु छन्, ती सबै संस्थाहरु चलचित्र बहिष्कार गर्नुपर्ने पक्षमा छन् ।

हिन्दू जनजागृति समिति, बजरंग दल, हिन्दू राष्ट्र सेनालगायतका धेरै संस्थाले ‘दबंग ३’लाई बहिष्कार गर्ने घोषणा गरेका हुन् । चलचित्रमा साधु सन्तलाई गलत ढंगले प्रस्तुत गरेको भन्दै उनीहरु चलचित्रको विरोधमा उत्रिएका हुन् । फिल्मको एउटा गीतमा साधु सन्तलाई गितार बोकेर उभिएको र कालो चस्मा लगाएको देखाइएको छ । दादर स्वामी नारायण मन्दिरमा सुटिङकै समयमा यसको विरोध गरिरहेका आन्दोलनकारीहरूले यो मुद्दा आजसम्म पनि यथावत राखेका छन् ।

‘दबंग ३ मा सलमान फेरि चुलबुल पाण्डेको भूमिका देखिनेछन् । सोनाक्षी सिन्हा चलचित्रमा महिला मुख्य भूमिका खेल्नेछिन् । दक्षिण भारतीय चलचित्रका सुपरस्टार किचा सुदीप चलचित्रमा नकारात्मक भूमिका देखिने छन् ।