पुलिस रिपोर्टको आवेदन अनलाइनबाटै भर्न सकिने

Newslaya Home

पुलिस रिपोर्टको आवेदन अनलाइनबाटै भर्न सकिने

आइतबार २२, मङि्सर २०७६

काठमाडौं । अनलाइनबाटै पुलिस रिपोर्टको लागि आवेदन बुझाउन सकिने भएको छ ।

मंसिर १५ गतेबाट प्रहरीले सर्वसाधरणको समस्यालाई समाधानलाई सहज बनाउन अनलाइनबाटै पुलिस रिपोर्टको आवेदन बृझ्न सकिने व्यवस्था लागु गरेको हो ।

रिपोर्ट बनाउनकै लागि काठमाडौं धाइ राख्नु पर्ने भएकाले इमेलबाट पठाएको रिपोर्टलाई मान्यता दिलाउने गरी परराष्ट्र मन्त्रालयसँग पनि आवश्यक समन्वय गरिएको छ ।

कतिपय मुलुकले सिधैं रिपोर्टलाई मान्यता दिन्छन् भने कतिपयले परराष्ट्रको छाप खोज्ने भएको हुँदा यस विषयमा छलफल भइरहेको र इमेलमार्फत आफ्नो सबै विवरण पठाए तीन दिनमा रिपोर्ट उपलब्ध गराइने प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

अनलाइनबाट आवेदन ब्झाउने तरिकाः

कुनै एक वेब ब्राउजर तथा नेपाल प्रहरीको वेबसाइटमा गएपछि दायाँतर्फ पुलिस क्लिरेन्स रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्छ ।
उक्त सिस्टमको अप्लाइमा क्लिक गरिसकेपछि डाइलग बक्स खुल्ने धएको हुँदा पहिले नै रजिस्ट्रेसन भएको खण्डमा इमेल र पासवर्ड हान्ने र नभएको अवस्थामा जिस्ट्रेसन गर्न सकिने नेपाल प्रहरीको चालचलन शाखाका प्रहरी नायब निरीक्षक निर्मल दुलालदे बताए ।

त्यसपछि त्यहाँ तपाईं कुन देशको नागरिक हो भन्ने विकल्प आउँछ । त्यहाँ आईएम नेपाली क्लिक गर्नुपर्ने हुन्छ । आफू नेपाली भएको क्लिक गरिसकेपछि आवेदकले आफ्नो नाम, थर, लिंग, फोन नम्बर र इमेल आईडी लेखेर क्याप्चा नम्बर राखी रजिस्ट्रर गर्न सक्छन् ।

रजिस्ट्रेसन भइसकेपछि तपाईंको मोबाइल र इमेल आईडीमा एउटा पासवर्ड उपलब्ध हुन्छ । जसलाई तपाईंले नयाँ पनि बनाउनसक्नुहुन्छ । त्यो पासवर्डबाट तपाईंले आवश्यक परेको बेला पुलिस रिपोर्टका लागि आवदेन दिनसक्नुहुन्छ ।

नयाँ पासवर्ड बनाउनका लागि डाइलग बक्स खुल्छ, त्यसमा नयाँ आफूले चाहेको पासवर्ड राख्न सकिन्छ । माथिका सबै प्रक्रिया पुरा गरेपछि उपलब्ध पासवर्डले रजिस्ट्रेसनको प्रक्रिया खुल्छ । त्यसपछि विवरण राख्ने विभिन्न चरणका डाइलग बक्स खुल्छन् । तर माथिका सबै प्रक्रिया पुरा नभइकन अगाडी बढ्न भने सकिँदैन ।

रजिस्ट्रेसनको प्रक्रियामा गइसकेपछि पहिलो चरणमा आफ्नो नामथर, बुवाआमाको नाम थर, जन्म मिति र फोटो राख्नुपर्छ । फोटोको साइज भने ३।५ सेन्टीमिटर र ४।५ सेन्टिमिरमा क्रप गरेर राख्नपर्छ । फोटोको साइज नमिलेको अवस्थामा पनि तपाईंको प्रक्रिया अगाडि बढ्दैन । यसपछि पुलिस रिपोर्ट कुन प्रयोजनका लागि हो खुलाउनुपर्छ ।

यो चरण पूरा भएपपछि अर्को चरणमा नागरिकताको विवरण भर्ने ठाउँ आउँछ । पुरानो र नयाँ नागरिकताको आधारमा जुनसुकैबाट पनि भर्न सकिन्छ ।

त्यसपछि आफू रहेको देश कुन ठेगाना अनिवार्य राख्नुपर्छ । अर्को चरणमा फेरि नागरिकता र पासपोर्टका फोटो अपलोड गर्नुपर्छ ।

त्यसपछि अपराधिक विवरण उल्लेख गर्नुपर्छ । यदि छैन भने नो भन्ने विकल्पमा क्लिक गर्ने ।

दुलाल भन्छन,‘‘माथिका सबै प्रक्रिया पूरा भइसकेपछि अन्तिममा भरेको विवरण देखाउँछ । नमिलेको भए सच्याउन सकिन्छ । ठीक छ भने ुक्याप्चा कोड ु टाइप गरेर रजिस्ट्रेसन क्लिक गर्ने । रजिस्ट्रेसन गरिकेपछि एप्लिकेसन नम्बर प्राप्त हुन्छ ।’’ मोबाइलबाट पनि आवेदन भर्न सकिन्छ ।

फर्म भरेको तीन दिनपछि इमेलमा पुलिस रिपोर्टको पीडीएफ फाइल आउँछ । जसलाई आफैंले प्रिन्ट पनि गर्न सकिने भएको छ ।