अभिनेत्री ऋचा शर्माले गरिन् विवाह

Newslaya Home

अभिनेत्री ऋचा शर्माले गरिन् विवाह

आइतबार २२, मङि्सर २०७६

काठमाडौं । अभिनेत्री ऋचा शर्माले शनिबार आफ्ना प्रेमीसँग विवाह गरेकी छिन् । उनले लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी हुन् ।

उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो ।

आफ्नो फेसबुक ह्यान्डलमार्फत् एक फोटो सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’

बैबाहिक जीवनमा बाँधिनुअघि चलचित्र ‘हिजो आजका कुरा’को छायांकन भ्याएकी ऋचा अहिले कमेडी शो ‘कमेडी च्याम्पियन’ मा व्यस्त छिन् । यसको पनि उनले ६ एपिसोडको छायांकन भ्याइसकेकी छन् । अब, उनी एक महिना पारिवारिक भेटघाट र घुमघामका लागि श्रीमानसँग विदेश जाने बताइएको छ । उनका श्रीमान् राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।