‘द भ्याइस अफ नेपाल २’ को विजेता बने राम लिम्बु

Newslaya Home

‘द भ्याइस अफ नेपाल २’ को विजेता बने राम लिम्बु

शनिबार २१, मङि्सर २०७६

काठमाडौं । राजधानीको ह्यात ग्राउण्डमा भएको द भ्याइस अफ नेपाल सिजन २ को ग्राण्ड फिनालेमा राम लिम्बु विजयी भएका छन् ।

शनिबार ग्राण्ड फिनालेमा छनोट भएका ४ प्रतियोगी मध्येबाट दर्शकको भोटका आधारमा राम लिम्बु विजयी भएका हुन् ।

पछिल्लो समय नेपालमा रुचाइएको रियालिटी शोमध्ये एक रहेको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

साउन ३१ देखि शुरु भएको रियालिटी शो मा ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।

तीमध्ये ४ प्रतियोगी कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु ग्राण्ड फिनाले राउण्डमा छनोट भई फाइनलमा प्रवेश गरेका थिए ।

 

Image result for राम लिम्बु