अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु, एक घाइते

Newslaya Home

अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु, एक घाइते

शनिबार २१, मङि्सर २०७६

काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ स्थित अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

शनिबार चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु हुनका साथै एक जना गम्भीर घाइते भएको हो ।

उक्त दुर्घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी घर भएका श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ भने अन्य मृतकको सनाखत हुन नसकेको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।