उदयपुरमा भर्‍याङबाट खस्दा एक जनाको मृत्यु

Newslaya Home

उदयपुरमा भर्‍याङबाट खस्दा एक जनाको मृत्यु

शनिबार २१, मङि्सर २०७६

उदयपुर । उदयपुरको बेलका नगरपालिका–३ रातापानी सालबारीमा भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरको भर्‍याङबाट लडेर रातापानी सालबारी घर भएका २७ वर्षिय जितेन्द्र चाम्लिंग राईको मृत्यु भएको हो ।

गत बिहिबार राति लडेर गम्भिर घाईते भएका राईको उपचारको क्रममा शनिबार (आज) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।