विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ

Newslaya Home

विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ

शनिबार २१, मङि्सर २०७६

सङ्खुवासभा । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द (विप्लव)समूहका एक कार्यकर्ता सङ्खुवासभाको पाँचखपन नगरपालिकाबाट पक्राउ परेका छन् । चैनपुर ५ घर भएका ३० वर्षीय यामप्रसाद गौतम पक्राउ परेका हुन् ।

बम बनाउन प्रयोग गरिने विष्फोटक पदार्थसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको छ ।

प्रहरीले गौतमका साथबाट विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डेटोनेटर १३ थान, नीओजेल लेखिएको लोला–१५ थान, सेप्टी फ्यूज ९।९५ मिटर, नन्इलेक्ट्रिक डेटोनेटर ११ थान, एकीकृत जनक्रान्ति लेखिएको किताब एक थान, विधान २०७३ लेखिएको एक थान, कालो डायरी एक थान, विभिन्न पुस्तक, एक थान मोबाइल र दुई थान सिमकार्ड बरामद गरेको छ ।

विप्लव समूहले सो स्थानमा पटक–पटक फोनबाट चन्दा आतंक मच्चाउने गरेको गुनासो स्थानीय जनप्रतिनिधिले गरेका छन् ।