पुरुष क्रिकेटमा नेपाल बंगालादेशसँग पराजित

Newslaya Home

पुरुष क्रिकेटमा नेपाल बंगालादेशसँग पराजित

शनिबार २१, मङि्सर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। नेपाल ४४ रनले बंगलादेशसँग पराजित भएको हो। बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन।

बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । जवाफी व्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो।

यस्तै महिला क्रिकेटतर्फ नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ। पोखरा क्रिकेट मैदानमा खेल चलिरहेको छ। तीन खेलमध्ये १ मा जित र दुइमा हार ब्यहोरेर नेपाली महिला टीम अंकतालिकाको तेस्रो स्थानमा रहेको छ।