भारत महिलाको लागि असुरक्षित

Newslaya Home

भारत महिलाको लागि असुरक्षित

शनिबार २१, मङि्सर २०७६

एजेन्सी । अमेरिका र बेलायत सरकारले भारतमा बसोबास गर्ने वा भारत भ्रमणमा रहेका आफ्ना महिला नागरिककालाई सावधानी अपनाउन सुझाव दिएको छ ।

पछिल्लो समय भारतमा बलात्कार तथा यौन उत्पीडनका घटना बढिरहेकोतर्फ सचेत गराउँदै अमेरिका र बेलायत सरकारले ‘ट्राभल एड्भाइजरी’ जारी गरेको हो ।
महिलाका लागि असुरक्षित बन्दै गएको भारतमा कुनै दुव्र्यवहार भोग्नु परेमा प्रहरी समक्ष जानका लागि दुवै देशले आफ्ना महिला नागरिकलाई सुझाव दिएका छन् ।

गएको मंसिर १२ गते हैदराबादमा नजिकै २६ वर्षीया डाक्टरको बलात्कारपछि हत्या भएको थियो । बलात्कारको आरोपमा पक्राउ परेका चार जना आरोपी शुक्रबार हिरासतबाट भाग्न खोजेपछि प्रहरी इन्काउण्टरमा मारिएको बताइएको छ ।