१३ औं साग खेलमा शनिबार नौ स्वर्णको लागि प्रतिस्पर्धा हुँदै

Newslaya Home

१३ औं साग खेलमा शनिबार नौ स्वर्णको लागि प्रतिस्पर्धा हुँदै

शनिबार २१, मङि्सर २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार (आज) नौ स्वर्णको लागि प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार बिहान सात बजे देखि नै एथ्लेटिक्स अन्तर्गतका खेलहरु मध्ये ९ स्वर्णको लागि प्रतिस्पर्धा हुने भएको हो ।

जस अन्तर्गत महिला र पुरुष म्याराथन दशरथ रंगशालाबाट सुरू हुने तय भएको छ । आर्चरीको ४ वटा स्वर्णको प्रतिस्पर्धा पोखरामा साथै बास्केटबल त्रिपुरेश्वरमा जारी रहनेछ भने बक्सिङको क्वार्टरफाइनलका खेल हुने भएका हुन् ।

बिहान ११ बजे पुरुष क्रिकेट खेलको प्रतिस्पर्धा नेपाल र बंगलादेशबीच कीर्तिपुर मैदानमा हुनेछ भने पोखराको रंगशालामा ह्यान्डबलको सेमिफाइनल, महिला क्रिकेटको तेस्रो स्थानका लागि नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा हुने भएको छ ।
साइक्लिङमा रोड रेसका २ स्वर्ण र फेन्सिङमा ३ स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार दिउँसो दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीच पुरुष फुटबल र जुडोको ड्र हुनेछ भने प्रतिस्पर्धा आइतबारदेखि सुरू हुने भएको छ ।