इरानमा पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन जारी, २०८ जनाको मृत्यु, ७ हजार नियन्त्रणमा

Newslaya Home

इरानमा पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन जारी, २०८ जनाको मृत्यु, ७ हजार नियन्त्रणमा

शनिबार २१, मङि्सर २०७६

एजेन्सी । पेट्रोलको धनी मानिने इरानले हालै इन्धनमा २ सय प्रतिशतले मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन जारी रहेको छ ।

शुक्रबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म २०८ जनाको मृत्यु भएको छ भने ७ हजार जना प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रदर्शनका क्रममा अहिलेसम्म २०८ जनाको मृत्यु भएको र पक्राउ परेकामध्ये अधिकांश केही समयमै रिहा भएको एम्नेष्टी इन्टरनेश्नलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गर्नुका साथै धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको मानवअधिकारसम्वन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए ।

अमेरिकी नाकावन्दीका कारण इरानमा आर्थिक मन्दीको अवस्था सिर्जना भएको जनाइएको छ ।