भारतीय महिला मन्त्री इरानीको संसदमै अपमान

Newslaya Home

भारतीय महिला मन्त्री इरानीको संसदमै अपमान

शनिबार २१, मङि्सर २०७६

एजेन्सी । भारतीय महिला मन्त्री स्मृति इरानीको संसदमै अपमान गरिएको छ ।

शुक्रबार महिला सुरक्षा र मर्यादाको विषयमा भारतीय (लोकसभा) संसद भित्र चर्को बहस भैरहेको बेला केरलाबाट जितेका काँग्रेसी सांसद टीएन प्रतापन र डीन कुरियाकोसे महिला मन्त्री इरानीको उग्र रुपमा विरोध गरेका हुन् ।

लोकसभामा केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति ईरानीले सोही विषयमा जवाफ दिन तयार भैरहाँदा दुई काँग्रेसी सांसदले संसदको कार्यवाही नै स्थगित हुने गरि विरोध गरेका थिए ।

भाजपा सदस्यहरूले यसलाई महिला मन्त्रीको अपमान भएको भन्दै दुई सांसदहरुले तत्काल माफी माग्नुपर्ने माग गरेका छन् । यदि ती दुवै सदस्यहरुले सदनभित्र माफी नमागे उनीहरूलाई तत्काल निलम्बन गर्न लोकसभा अध्यक्षलाई दबाब दिएका हुन् ।