डाक्टरलाई सामुहिक बलात्कारपछि जलाएर हत्या गरेका चार युवकलाई इन्काउन्टरमा मारियो

Newslaya Home

डाक्टरलाई सामुहिक बलात्कारपछि जलाएर हत्या गरेका चार युवकलाई इन्काउन्टरमा मारियो

शनिबार २१, मङि्सर २०७६

एजेन्सी । महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई इन्काउन्टर गरि मारिएको छ ।

२८ नोभेम्बरका दिन हैदराबादमा सामूहिक बलात्कारपछि जलाएर मारिएकी २६ वर्षीय महिला चिकित्सकको हत्यामा संलग्न ४ जनालाई प्रहरीले इन्माउन्टर गरिदिएको हो ।

कुख्यात बलात्कार काण्डमा समातिएका ४ जना अभियुक्तहरुलाई बुधबार प्रहरी हिरासतमै राखिएको भएपनि उनीहरुलाई बलात्कार गरिएको र चिकित्सकलाई जलाएकै स्थानमा पुर्याएर प्रहरीले इन्काउन्टरमा मारिदिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लखे गरेको छ ।

१४ दिनसम्म गिरफ्तार गरी न्यायिक हिरासतमा राखिएको आरोपीहरुलार्ई बिहिबार हैदराबाद देखि करिब ५० किलोमिटर टाढा पर्ने महबूब नगरस्थित चटनपल्ली गाउँमा तेलङ्गना प्रहरीले गोली ठोकेको हो ।

आँफुहरुलाई ति युवाले आक्रमण प्रयास गरेको भन्दै इन्काउन्टर गर्न बाध्य भएको प्रहरीले जनाएको छ ।