नेपाल भ्रमण वर्षमा आधारित गीत रचना प्रतियोगिता

Newslaya Home

नेपाल भ्रमण वर्षमा आधारित गीत रचना प्रतियोगिता

शनिबार २१, मङि्सर २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा आधारित गाीत रचनाको प्रतियोगिता हुने भएको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरे सँगै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सरकारले पर्यटन क्षेत्रको प्रवर्द्धन र प्रचारका लागि भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक आहृवान गरेको हो ।

गीत(संगीतमार्फत पनि नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार प्रभावकारी हुने भएकाले भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरिएको नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले जनाएको छ ।

नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने किसिमको गीत रचना गरि केशरमहलस्थित चिवालयको कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाई सक्नु पर्ने साथै छनोटमा परेका उत्कृष्ट गीतलाई उपयुक्त पुरस्कार दिइने सचिवालयले जनाएको छ ।