२०७६ मंसिर २१ गते शनिबारको राशिफल

Newslaya Home

२०७६ मंसिर २१ गते शनिबारको राशिफल

शनिबार २१, मङि्सर २०७६

मेष । कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष । आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । जोश जाँगर र हिम्मत बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट । मित्र वा आफन्त बाट मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।


सिंह । आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउन सक्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

कन्या । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला । धार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सेतो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ ।

वृश्चिक । आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु । आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा भने मन लाग्नेछ ।

मकर । कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कुम्भ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन । दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला ।