निजगढ विमानस्थलको काम रोक्न सर्वोच्चको आदेश

Newslaya Home

निजगढ विमानस्थलको काम रोक्न सर्वोच्चको आदेश

शुक्रबार २०, मङि्सर २०७६

बारा । बाराको निजगढमा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

विमानस्थ अन्तै सार्न माग गर्दै पूर्वसचिव द्धारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, बासुनाथ खत्रीलगायत ११ जनाले मंगलबार दायर भएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्काल विमानस्थल निर्माण कार्य नथाल्न आदेश दिएको हो ।

सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई उपस्थिति हुन आदेश दिएको छ ।

निजगढमै विमानस्थल बनाउँदा धेरै प्राकृतिक क्षति हुने भएकाले अन्यत्र सार्न माग गर्दै रिट निवेदन दायर भएकाले निजगढमै विमानस्थल बनाउनुको कारण समेत पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई समेत आदेश दिएको हो ।