नाष्ट प्रविधि पुरस्कार कुलमान घिसिङलाई

Newslaya Home

नाष्ट प्रविधि पुरस्कार कुलमान घिसिङलाई

शुक्रबार २०, मङि्सर २०७६

काठमाडौं । यस वर्षको ‘नाष्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङलाई प्रदान गरिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले देशलाई लोडसेडिङ मुक्त बनाउन योगदान पुर्याए वापत कार्यकारी निर्देशक घिसिङलाई ‘नाष्ट प्रविधि पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशी एक लाख रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री एवं नास्टका सहकुलपति गिरिराजमणि पोखरेलले नाष्टको ३७ औं वाषिर्कोत्सवको अवसरमा घिसिङलाई पुरस्कार प्रदान गरे ।

नाष्टले हरेक वर्ष विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका वैज्ञानिक प्राविधिहरुको प्रोत्साहन तथा सम्मान गर्दै आएको छ । नाष्टले आफ्नौ ३७ औं वाषिर्कोत्सवको अवसरमा अन्य विभिन्न विधाका पुरस्कार पनि प्रदान गरेको थियो ।