मोरङको लेटाङमा हिंसा र मनोबिमर्शको तालिम सुरु

Newslaya Home

मोरङको लेटाङमा हिंसा र मनोबिमर्शको तालिम सुरु

भूमिका पाख्रिन
शुक्रबार २०, मङि्सर २०७६

लेटाङ । लेटाङ नगरपालिकाको आयोजनामा बिहिबारबाट लैङ्गिकतामा आधारित हिंसा र मनोबिमर्श सम्बन्धि क्षमता बिकाश तालिम सुरु भएको छ ।

बिहिबारबाट सुरु भएको तालिम ५ दिन सम्म चल्नेछ । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसर पारी आयोजित उक्त तालिमको उद्धाटन कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी पोखरेलले नगरमा लैङ्गिक हिंसा बढेको बताइन् ।

पोखरेलले कतिपय शिक्षित परिवारबाटै पनि महिला माथी हिंसाका घटना हुने गरेको बताइन् । हिंसा बाट रोक्न विशेष गरि बिपन्न, पिछडा बर्ग तथा समुदायहरुमा जनचेतना मुलक कार्यक्रम गर्न अत्यन्तै आवश्यकता रहेको पोखरेलले औलाइन् ।

कार्यक्रममा बोल्दै लेटाङ नगर प्रमुख शङ्कर राईले लैङ्गिक हिंसा अन्त्य गर्न सबैजना एकजुट हुनुपर्ने बताए । तालिमलाई अधिकारकर्मी मन्जिता उपाध्यायले सहजिकरण गरिरहेकी छिन् ।

यस वर्ष नेपालमा भने समानताको पुस्ता, बलात्कार विरुद्धको ऎक्यबद्दता भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।