सिलिन्डर विस्फोटमा परि २३ जनाको मृत्यु

Newslaya Home

सिलिन्डर विस्फोटमा परि २३ जनाको मृत्यु

बिहीबार १९, मङि्सर २०७६

एजेन्सी । सुडानको राजधानी खार्तुम स्थित एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।

अधिकांश भारतीय श्रमिक रहेको उक्त कारखानामा २३ जनाको मृत्यु हुनका साथै अन्य १ सय ३० व्यक्ति घाइते भएको जनाइएको छ ।

घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी आए पनि घटनामा कुन मुलुकको नागरिकको मृत्यु भएको भन्ने एकीन हुन सकेको छैन ।

तर भारतीय विदेशमन्त्री एस. जय शंकरले एक ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् ।