धनकुटामा पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु

Newslaya Home

धनकुटामा पिकअप गाडीको ठक्करबाट एक जनाको मृत्यु

बिहीबार १९, मङि्सर २०७६

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–७ एक्लेबर स्थित पिकअप गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

बुधबार बेलुका राजारानी–मौनाबुधुक भित्रि कच्चि सडक खण्डमा को २ च ३२२३ नंबरको पिकअप गाडीले ठक्कर दिँदा चौबिसे गाउँपालिका–५ डाँडागाउँ घर भएका ५६ वर्षीय दिलिप कुमार याख्खाको मृत्यु भएको हो ।

सडकमा हिडीरहेको अवस्थामा याख्खालाई पिकअपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात फरार रहेका साँगुरीगढी गाउँपालिका–५ लाप्चेटारका २३ वर्षीय पिकअप चालक राजेन्द्र बि.क. र पिकअप गाडीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।