नेपालले जित्यो ३१ स्वर्ण

Newslaya Home

नेपालले जित्यो ३१ स्वर्ण

बिहीबार १९, मङि्सर २०७६

काठमाण्डौ । १३औं दक्षिण एसियाली खेलकुद साग को पाँचौं दिन बिहिबार (आज) नेपालले ३१ स्वर्ण जित्दै आठौं सागको कीर्तिमान बराबरी गरेको छ।

लक्ष्मी मगरले आज साइक्लिङमा ३१औं स्वर्ण जितेसँगै नेपालले आठौं सागको कीर्तिमान बराबरी गरेको हो। सोमबारबाट सुरु भएको करातेमा नेपालका लागि पहिलो स्वर्ण मन्डेकाजी श्रेष्ठले एकल कातामा जितेका थिए।

जारी १३औं सागमा विगतको तुलनामा उत्कृष्ट नतिजा हासिल गरिरहेको नेपालले प्रतियोगिताका पाँचौं दिनमै हासिल गरेको यो सफलताले कीर्तिमान बन्ने निश्चित छ। प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो ८ स्वर्ण थपेर २३ पुर्‍याएको थियो। तेस्रो दिन ६ स्वर्ण जितेर २९ पुर्‍याएको नेपालले बिहीबार थप दुई पदक जित्दै कीर्तिमान बराबरी गरेको हो।

जारी सागमा नेपाल ३१ स्वर्ण, १७ रजत र २९ कांस्य गरी कूल ७७ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ। पदक तालिकाको सूचीमा ३८ स्वर्ण, ३२ रजत र १५ कांस्य गरी कूल ८५ पदकसहित भारत पहिलो नम्बरमा रहेको छ।