घुससहित विराटनगरबाट प्रहरी पक्राउ

Newslaya Home

घुससहित विराटनगरबाट प्रहरी पक्राउ

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । विराटनगरमा एक प्रहरी घुस लिँदै गर्दा समातिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विराटनगर ६ को केशलिया रोडस्थित सिआरभीका प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई समातेको हो । उनलाई ७ हजार रुपैया घुससहित समातेको प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

सुनसरीबाट विराटनगरस्थित तरकारी बजार गुद्रीमा सहजीहरण गर्ने क्रममा दाहालले घुस लिएको बताइएको छ ।

पक्राउ परेका दाहाल केही महिनाअघि मात्र इलामबाट विराटनगर सरुवा भइ आएका हुन् ।