मोदीले समय नदिएपछि सीमाबारे कुरा गर्न जान लागेका माधव नेपाल रोकिए

Newslaya Home

मोदीले समय नदिएपछि सीमाबारे कुरा गर्न जान लागेका माधव नेपाल रोकिए

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण तत्कालका लागि रोकिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि समय नपाएपछि उनको भ्रमण रोकिएको हो ।

भारतीय नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न प्रधानमन्त्री ओलीको विशेष दूत बनेर दिल्ली जान लागेका उनले मोदीको समय नपाएका हुन् ।

भारतीय पक्षले मोदीको समय नमिलाइदिएकोले नेपाल जान नपाएको बताइएको छ । मंसिर ४ गतेको नेकपा सचिवालय बैठकले नै निर्णय गरेपनि अहिलेसम्म नेपाललाई मोदीले समय नदिएका हुन् ।

नेपालबाट जाने विशेष दूतसँग भेटवार्ताको समयका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको छ । नेपाल भारत सीमा विवाद समाधानका लागि प्रधानमन्त्री केपी ओलीले कात्तिक २३ गते सर्वदलीय बैठक गरेका थिए । बैठकमा सबै नेताले राष्ट्रियताको विषयमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

भारतीय नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा परेपछि त्यसको विरोध भइरहेको छ ।