धरानका मेयरले गरे कर घटाउने निर्णय

Newslaya Home

धरानका मेयरले गरे कर घटाउने निर्णय

बुधबार १८, मङि्सर २०७६

काठमाडौ । धरानमा नेकपालाई चुनाव हार्ने कारकका रुपमा मानिएको कर घटनाउने विषयमा धरान उपमहानगरका मेयर तिलक राईले कर पुनरावलोकनको निर्णय गरेका छन् ।

बुधबार कार्यभार सम्हालेका राईले पहिलो निर्णयस्वरुप राजस्व र करको दर पुनरावलोकन गर्ने निर्णय सदर गरेका हुन् ।

अब केही समयपछि बस्ने नगरकार्यपालिका बैठकमा कर घटाउने प्रस्ताव लगिने मेयर राईले बताए ।

उनले स्थानीय सरकारमा पक्ष र प्रतिपक्ष नहुने बताउँदै कर्मचारीलाई क्रियाशीलताका साथ काम गर्न पनि आग्रह गरेका छन् ।

कार्यभार सम्हाल्नुअघि मेयर तिलक राईले दिवंगत मेयर तारा सुब्बाको सालिकमा माल्यार्पण गरेका थिए । उनले धरान वडा नम्बर १९ मा हरियाली सामुदायिक वन समूह परिसरभित्र पुगेर स्वर्गीय मेयर सुब्बाको सालिकमा माल्यार्पण गरेका हुन् । मेयर राईले धरान वडा नम्बर १६ मा पुगेर गणेशमान सिंहको सालिकमा पनि माल्यार्पण गरेका थिए ।

1 प्रतिकृयाहरू प्राप्त
  • लाक्पा लामालेख्नुहुन्छ
  • |
  • बुधबार १८, मङि्सर २०७६
नेकपा सरकारले गरेकाे करकाेभार हटाउनु पर्छा जन्तलै करकाेभार बाटा मुक्ता गर्नु पर्छा