डिएसपीलाई चोरी आरोप, पक्राउ गर्ने तयारी

Newslaya Home

डिएसपीलाई चोरी आरोप, पक्राउ गर्ने तयारी

बुधबार १८, मङि्सर २०७६

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले डीएसपी कुमुद ढुंगेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आपराधिक समूहसँग सम्पर्क देखिएको भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

लुटपाट तथा डकेती मुद्धामा पक्राउ परेका अभियुक्तले उनको नाम लिएपछि उनलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।
गत चैतमा रानीबारीमा भएको एक चोरीको घटनामा महानगरीय प्रहरी अपराध महाशाखाले समातेका आरोपितले बयानमा ढुंगेलको नाम पनि मुछेका थिए । त्यस घटनाका बेला ढुंगेल रौतहटको चन्द्रनिगाहापुर इलाका प्रहरी प्रमुख थिए ।