मेलम्चीको बाहुनेपाटी स्थित गुडिरहेको बसमा आगलागी

Newslaya Home

मेलम्चीको बाहुनेपाटी स्थित गुडिरहेको बसमा आगलागी

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । काठमाडौंबाट मेलम्ची गइरहेको हेलम्बु यातायाता प्रालीको यात्रुबसमा आगलागी भएको छ ।

बुधबार अपराह्न ४ बजेतिर मेलम्ची नगरपालिका–१२ स्थिति बाहुनेपाटी मेलम्ची सडकको ढकालखहरे सडक खण्डमा बा २ ख ५७६९ नम्बरको बसमा एक्कासी आगलागी भएको हो ।

गुडिरहेको अवस्थामा अगाडीको भागबाट एक्कासी आगोका लप्का निस्किएपछि गाडी रोकेर यात्रुहरुलाई बाहिर निकालिएको थियो ।

नजिकै पानीको व्यवस्था भएका कारण बस चालक, सहचालक, यात्रु र ढकालखहरेका स्थानीयले गाडीमा लागेको आगो निभएका थिए । आगलागीका कारण गाडीको अगाडिको भाग जलेको भए पनि यात्रुहरुलाई समयमै उद्धार गरिएका कुनै मानवीय क्षति नभएको जनाइएको छ ।