हेलिकप्टरद्धारा अलपत्र पर्यटकको उद्धार

Newslaya Home

हेलिकप्टरद्धारा अलपत्र पर्यटकको उद्धार

बुधबार १८, मङि्सर २०७६

पोखरा । मनाङको तिलिचो ताल क्षेत्रमा अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

मनाङको ङिस्याङ–९ तिलिचो घुम्न गएका २३ जना इन्डोनेसियाली पर्यटक साथै उनीहरूका गाइड र पोर्टर गरी १० जना नेपाली अलपत्र परेपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

उनीहरुको तत्काल उद्धार गरी पोखरा ल्याइएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।