हाइ अल्टिच्युडका कारण भारतीय पर्यटकको मृत्यु

Newslaya Home

हाइ अल्टिच्युडका कारण भारतीय पर्यटकको मृत्यु

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । मुस्ताङको घरपझोङ-३ जोमसोममा भारतीय एक पर्यटकको मृत्यु भएको छ ।

जोमसोममा रहेको होटल होलिडे होममा भारतको छत्तिसगढ राइपुरका ६१ वर्षीय सरालु नाडुको मृत्यु भएको हो ।

हाइ अल्टिच्युडका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।