सुनसरीको झुम्कामा म्याजिक दुर्घटना, छ जना घाइते

Newslaya Home

सुनसरीको झुम्कामा म्याजिक दुर्घटना, छ जना घाइते

बुधबार १८, मङि्सर २०७६

इटहरी । सुनसरीको झुम्का इनरुवा सडक खण्डमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३४८३ नम्बरको म्याजिक दुर्घटना हुँदा एक गर्भवती महिला सहित ६ जना घाइते भएका हुन् ।

तिव्र गतिमा रहेको गाडी अनियन्त्रित भई दुर्घटनामा हुँदा इनरुवा–६ की माया अधिकारी, इटहरीका अर्जुन भट्टराई, सरस्वती ढुङगाना र भारत सुपौलका सहदेव शर्मा, मनोज शर्मा र कौशिला देवि शर्मा घाइते भएको १ नं. प्रदेश ट्राफीक प्रहरी कार्यलयले जनाएको छ ।

घाइतेहरुको इनरुवा अस्पतालमा प्राथमिक उपचार गरिए पश्चात बिराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।