बुर्किना फासोमा २० आतङ्ककारी मारिए

Newslaya Home

बुर्किना फासोमा २० आतङ्ककारी मारिए

बुधबार १८, मङि्सर २०७६

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासो स्थित सुरक्षा कारबाहीमा परि २० आतङ्कवादी र तीन सैनिक मारिएको छ ।

मङ्गलबार बिहान उत्तरी राज्य बान्ह र उत्तरपश्चिमी तोइनी इलाकामा रहेको सुरक्षा जाँच चौकीमा उक्त आक्रमण गरिएको हो ।

सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि आइतबार पनि बन्दुकधारीहरूले एउटा चर्चमा गरेको आक्रमणमा परी कम्तीमा १८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौं घाइते भएको जनाइएको छ ।