गुप्तेश्वर महादेव मन्दिरको मूर्ति चोरी

Newslaya Home

गुप्तेश्वर महादेव मन्दिरको मूर्ति चोरी

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । तारकेश्वर नगरपालिका ४, ५ र ६ को संगमस्थलमा रहेको गुप्तेश्वर मन्दिरको मूर्ति चोरी भएको छ ।

गएराति मन्दिरबाट शिवजीको मूर्ति, जलधारी, घडालगायत चोरी भएको हो । मन्दिरमा अमूल्य सामाग्री चोरी भएको तारकेश्वरका स्थानीय बासिन्दा उज्ववल धमलाले बताएका छन् ।

उक्त घटना पश्चात त्यस क्षेत्रमा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको छ ।