घरबाट हराएका एक बृद्ध जंगलमा मृत भेटिए

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ देउराली स्थित जंगलमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
गत १४ गते घरमा कोही कसैलाई जानकारी नगराई हिडेका सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउले घर भएका ६० वर्षीय टंक बहादुर राई मृत अवस्थामा फेला परेका हुन् ।
आफन्तले खोजतलास गर्ने क्रममा मंगलबार साझँ खोटाङको देउराली जंगलमा मृत अवस्थामा फेला पारेका थिए ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरीकिो टोली पुगेर आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।