बाटोमा उम्रिएको च्याउ खाँदा ४ वर्षीय बालक बिरामी

Newslaya Home

बाटोमा उम्रिएको च्याउ खाँदा ४ वर्षीय बालक बिरामी

बुधबार १८, मङि्सर २०७६

झापा । झापाको बुद्दमार्ग स्थित बाटोमा उम्रिएको च्याउ खाएर एक बालक बिरामी परेका छन् ।

मंगलबार दिउँसो खेल्ने क्रममा बाटोमा उम्रिएको च्याउ खाँदा बिर्तामोड नगरपालिका–३ बुद्दमार्ग घर भएका मिलन फुयलको ४ वर्षीय छोरा ओस्कर फुयल बिरामी भएका हुन् ।

च्याउ खाएर बिरामी भएपछी उनलाई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।