ट्याक्टर दुर्घटनामा घाईते, एकजनाको उपचारको क्रममा मृत्यु

Newslaya Home

ट्याक्टर दुर्घटनामा घाईते, एकजनाको उपचारको क्रममा मृत्यु

बुधबार १८, मङि्सर २०७६

संखुवासभा । गत १६ गते ट्याक्टर दुर्घटना घाइते भएको एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३ केराबारी स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा परि चैनपुर नगरपालिका–११ लुवाकोट घर भएका सुकल राईको आज बिहान मृत्यु भएको हो ।

खाँदबारीबाट पुखुवा तर्फ टिनको पाता लोड गरि जाँदै गरेको को २ त ४३५९ नंबरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुदा चालक खाँदबारी नगरपालिका–८ डाँडागाउ घर भएका ४३ वर्षीय दिनेश तामाङ, सिलिचोङ गाउँपालिका–५ घर भएका ३१ वर्षीय प्रतिमाया राई, चैनपुर नगरपालिका–११ लुवाकोटघर भएका ३१ वर्षीय सुक्ला राई र सुकल राई घाईते भएका थिए ।

घाईते मध्ये गम्भिर अवस्था भएका सुकल राईलाई थप उपचारकोलागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । उपचारको क्रममा आज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।