इलामको रातेखोला दोभानमा एक व्यक्ति मृत फेला

Newslaya Home

इलामको रातेखोला दोभानमा एक व्यक्ति मृत फेला

बुधबार १८, मङि्सर २०७६

इलाम । इलामको रातेखोला दोभानको दहमा एक व्यक्ति मृत फेला परेको छ ।

बुधबार बिहान गिताङ र राते खोला दोभानको दहमा सन्दकपुर गाउँपालिका–२ गिताङ घर भएका ४७ वर्षीय बिर बहादुर राई मृत अवस्थामा फेला परेको हो ।

अघिल्लो रात बेपत्ता भएका राईलाई आफन्तले खोजतलास गर्ने क्रममा खोलाको दहमा मृत अबस्थामा फेला पारेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ प्रहरीको टोली पुगेर कानूनी प्रकृया थालिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।