धरानका नवनिवार्चित मेयरले आजदेखि पदभार सम्हाल्ने

Newslaya Home

धरानका नवनिवार्चित मेयरले आजदेखि पदभार सम्हाल्ने

बुधबार १८, मङि्सर २०७६

धरान । धरानका नवनिवार्चित मेयर तिलक राईले बुधबार (आज) पदभार सम्हाल्ने भएका छन् ।

आज दिउँसो नगर प्रमुखको पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो । त्यसअघि उनले ११ बजे धरान १६ स्थित गणेशमान सिंहको सालिकमा माल्र्यापण गर्नेछन् भने साढे ११ बजे धरान १९ स्थित हरियाली सामुदायिक वन समुह हाताभित्र रहेको स्वर्गीय मेयर तारा सुब्बाको सालिकमा माल्र्यापण गर्नेछन् ।

मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा मेयरमा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका थिए । उनले नेकपाका प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले पराजित गरेका थिए ।