महोत्तरीमा सवारी दुर्घटना दुई जनाको मृत्यु, १५ जना घाइते

Newslaya Home

महोत्तरीमा सवारी दुर्घटना दुई जनाको मृत्यु, १५ जना घाइते

बुधबार १८, मङि्सर २०७६

जनकपुरधाम । महोत्तरीमा पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

मंगलबार राति सर्लाहीबाट बर्दिबास आउँदै गरेको ना ५ च १२२७ नम्बरको पिकअप अनियन्त्रित भएर बर्दिबास नगरपालिका –५ मा दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाधाम नगरपालिका –२ की सकुन्तला देवी र भारत बिहारको जयनगरकी ६५ वर्षीया वर्षनिया महतो रहेको महोत्तरी प्रहरीले जनाएको छ। उनीहरु सबैजना गढीमाई मेलाबाट फर्किरहेका थिए ।