गढीमाई मेलामा आज साना पशुको बलि

बारा । गढीमाई मेलाको दोस्रो दिन आज साना पशुको बलि चढाइने भएको छ ।
मंगलबार गढीमाई स्थापना गरेका भगवान चौधरीका ११ औं पुस्ता शिव चौधरीले पञ्चबली दिएर खुला गरिएको उक्त मेलामा आज साना पशुपंक्षीहरुको बलि चढाइने भएको हो ।
गढीमाईमा नेपाल र भारतबाट आएका भक्तजनहरुको भाकल पुरा भएपछि समितिलाई जिम्मा दिएका राँगा साथै पशुबली पाँच वर्षपछि चढाउने परम्परा रहिआएको छ ।
पसाहा खोलादेखि गढीमाई मन्दिरसम्म नदी किनार तथा खेतमा दर्शनार्थीहरुले पशुबली जता पनि दिन मिल्ने व्यवस्था मिलाइएको छ । आज चढाइने बोका, पाठा, हाँस, कुखुरा, परेवा स्वयं भाकल कर्ताले नै बलि चढाएपछि लैजाने गर्दछन् ।