धरानमा करको दर पुनरावलोकन गर्न नेकपाको निर्देशन

Newslaya Home

धरानमा करको दर पुनरावलोकन गर्न नेकपाको निर्देशन

बुधबार १८, मङि्सर २०७६

धरान । सुनसरीको धरान उप महानगरपालिकाले लगाएको करको दर पुनरावलोकन गरी घटाउन माग गरिएको छ ।

मंगलबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) धरान उपमहानगर निर्वाचन परिचालन कमिटीको सचिवालय बैठकले प्रेस विज्ञप्ती जारी गर्दै कर पुनरावलोकन गरी कर घटाउन माग गरेको छ ।

निर्वाचन परिचालन कमिटीका संयोजक रमेश बस्नेतद्धारा जारी विज्ञप्तीमा कर वृद्धिको विषयमा जनताको व्यापक गुनासो र असन्तुष्टि आएको जनाउदै जनताको अभिमत तथा सुझावको उच्च सम्मान गर्दै धरान उप महानगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ का लागि लागु गरिएका करका दर पुनरावलोकन गरी तत्काल करका दरहरु घटाउन धरान उपमहानगर संसदीय दललाई निर्देशन दिएको उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्तीः