६ लेन सडक निर्माण आयोजनाले टेरेन उपमहानगरलाई, फेरी पत्र काटियो

Newslaya Home

६ लेन सडक निर्माण आयोजनाले टेरेन उपमहानगरलाई, फेरी पत्र काटियो

बुधबार १८, मङि्सर २०७६

इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीस्थित ६ लेन सडक आयोजना कार्यालयलाई फेरी पत्र काटेको छ ।

गत मंसिर २ गते पत्र काटेर आयोजनाको विस्तृत विवरण मगाएको उपमहानगरपालिकाले विवरण नपाएपछि फेरी पत्र काटेको हो ।

इटहरीको धरान रोडमा ६ लेन सडक निर्माण गर्दा चौडाई घटाएको भन्दै युवाहरुले विरोध जनाएपछि इटहरी उपमहानगरपालिकाले कागजात मागेको थियो । तर दुई साता बित्दा पनि कार्यालयले कागजात नदिएपछि फेरी पत्र काटेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

सडकको चौडाई मनपरी घटबढ गराएको भन्दै मदन चुँडालको नेतृत्वमा बनेको युवाहरुको संघर्ष समितिले दबाब दिएपछि उपमहानगरपालिकाले फेरी पत्र काटेको हो ।

इटहरी चोकदेखि तरहरासम्मको सडक ५० मिटर चौडा हुनुपर्नेमा ४० मिटर मात्र फराकिलो बनाउने गरी काम सुरु भएपछि स्थानियहरुले विरोध जनाएका थिए । सडक जस्तो महत्वको पूर्वाधार निर्माणमा तत्कालको क्षती हेर्न नहुने बताउँदै एउटै मापदण्डमा सडक बनाउनुपर्ने माग चुँडालले गरेका छन् ।

1 प्रतिकृयाहरू प्राप्त
  • kabiraj paudelलेख्नुहुन्छ
  • |
  • बुधबार १८, मङि्सर २०७६
सहि हो सहि हो, धेरै को भोउतिक सम्रचना हरु भत्किदा त्यहा नि भत्कायर एउटै मापदण्ड मा हुनुपर्छ। बिराटनगर रानी देखि धरान एउटइ हुनुपर्छ।