चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक (भिडियो सहित)

Newslaya Home

चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक (भिडियो सहित)

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । माघ २४ गते रिलिज हुने भनिएको चलचित्र ‘सेल्फी किङ्ग’को टिजर सार्वजनिक गरिएको छ ।

नेपाली कथानक चलचित्र ‘सेल्फी किङ्ग’का मुख्य पात्र वीपिन कार्कीको क्यारेक्टर फ्ल्यास गरिएको टिजर युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

कमेडियन सेलिब्रिटीका रुपमा प्रस्तुत भएका वीपिनको सेलिव्रिटी हुँदाको रवाफ र आउटडेटेड कलाकार भइसकेपछिको अवस्थालाई चित्रण गरिएको छ ।
दिनेश राउत र सुभास थापा निर्माता रहेको उक्त चलचित्रमा विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियोः