मलेसियाले पाँच क्षेत्रका लागि माग्यो, ३१ हजार नेपाली युवा

Newslaya Home

मलेसियाले पाँच क्षेत्रका लागि माग्यो, ३१ हजार नेपाली युवा

बुधबार १८, मङि्सर २०७६

काठमाडौं । मलेसियामा विभिन्न पाँच क्षेत्रका लागि ३१ हजार २ सय १ नेपाली युवाहरुको माग गरिएको छ ।

मंगलबार मेलेसियास्थित नेपाली दूतावासले पाँचवटा क्षेत्रका लागि आएका ३१ हजार २ सय १ युवाका लागि मागपत्र प्रमाणित गरेको हो ।

नेपाल र मलेसिया सरकारबीच १ वर्षअघि सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आएपछि निर्माण क्षेत्रमा १ हजार ३०, औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६, सेवा क्षेत्रमा १० हजार १ सय ८३, कृषि क्षेत्रमा १ हजार ४ सय ७५ र प्लान्टेसन क्षेत्रका लागि १ हजार ३ सय ९७ जना नेपाली युवाको माग गरिएको हो ।

मलेसियामा रोजगारीका लागि कामदार पठाउने प्रक्रिया बन्द भएको करिब डेढ वर्षपछि पहिलोपटक ठूलो संख्यामा नेपाली युवाको माग गरिएको छ ।