पाँचथरमा आगोले पोलेर एक महिलाको मृत्यु

Newslaya Home

पाँचथरमा आगोले पोलेर एक महिलाको मृत्यु

बुधबार १८, मङि्सर २०७६

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, ओसागु स्थित आगोले पोलेर एक महिलाको मृत्यु भएको छ ।

मंगरबार दिउँसो खाना पकाउने क्रममा आगोले पोल्दा फाल्गुनन्द गाउँपालिका–६, घर भएका ४४ वर्षिया बिर्ख माया आङदेम्बेको मृत्यु भएको हो ।

आङदेम्बेको चुलोमा घोप्टो परी टाउको जलेको अवस्थामा देखेपछि श्रीमानले प्रहरी चौकी आङसाराङमा खबर गरेका थिए ।

घटनाबारेमा जानकारी पाउनासाथ तत्काल प्रहरीको टोली पुगेर घटनास्थल सुरक्षीत राखेको र जिल्ला प्रहरीको टोलीले थप अनुसन्धान तथा कानूनी प्रकृया सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।